७ जेष्ठ २०८१, सोमबार

देशभर पानी पर्ने, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

weather aajko mausam

आंशिकदेखि सामान्य बदली भई हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको ‘डिप्रेसन’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास रहेको छ।

आज दिउँसो देशका सबै प्रदेशमा वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा भने हावाहुरीको सम्भावना छ ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरी पनि चल्नेछ ।

भोलि (शुक्रबार) सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाकोसमेत सम्भावना छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

शनिबार पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली भई सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

    सम्बन्धित समाचार...