१७ बैशाख २०८१, सोमबार

रियाद महरेज साउदी अरेबियाको अल अहिलमा अनुबन्ध

Riyad Mahrez

म्यानचेस्टर सिटीका एल्जेरियन फरवार्ड रियाद महरेज साउदी अरेबियाको अल अहिलमा अनुबन्ध भएका छन् ।

सञ्चार माध्यमहरुका अनुसार अल अहिलले महरेजका लागि ३० मिलियन पाउन्ड तिरेको हो । ३२ वर्षीय महरेजको सिटीसँग अझै दुई वर्षको करार बाँकी थियो । योसँगै युरोपियन फुटबलबाट साउदी फुटबल प्रवेश गर्ने उनी अर्को प्रख्यात खेलाडी भएका छन् ।

एल्जेरियन विंगर महरेजका लागि सिटीले २०१८ मा ६० मिलियन पाउन्ड तिरेको थियो । महरेजले गत सिजन ऐतिहासिक ट्रेबल जितेको सिटीका लागि ४७ खेलमा १५ गोल गरेका थिए ।

क्लबसँगको पाँच सिजनमा महरेजले सिटीलाई १० उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यसअघि बिहीबार मात्रै पूर्व लिभरपुल कप्तान जर्डन हेन्डर्सन स्टिभेन जेरार्ड म्यानेजर रहेका अल इत्तिफाक प्रवेश गरेका थिए ।

    सम्बन्धित समाचार...