५ जेष्ठ २०८१, शनिबार

प्रहरी इन्चार्ज मृत फेला

Khala Ghatana 1024x771 1

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिनु भएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बडिगाड गाउँपालिका वडा नं. ६ को आशा होटल एण्ड खाजा घरमा पौडेल मृत भेटिएको पुष्टि गर्नुभएको छ । गएराति करिब १ बजेको समयमा घटना भएको र राति २ बजे प्रहरी घटनास्थलमा आइपुगेको घटनास्थलबाट इन्स्पेक्टर अधिकारीले जानकारी दिनुभएको छ ।

अहिले घटनास्थल प्रहरीले सिल गरेको छ भने होटल सञ्चालक आशा कुँवर र उनको छोरालाई नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय बागलुङको टोली पुगेपछि अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठेदेखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ ।

अनुसन्धान सुरु

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो ।

“इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ ।”

इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेल नजिकैको सो होटलमा मृत फेला पर्नुभएको थियो । पौडेलको शव होटलकाले भुइँतल्लामा भुईँमा लडेको अवस्थामा रहेको खड्काले बताउनुभयो । 

प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको प्रहरी चौकीले जनाएको छ । राति १० बजे अन्य प्रहरी जवानलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ ।

घटनाका बारेमा थाहा भएपछि तत्कालै प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

    सम्बन्धित समाचार...