६ जेष्ठ २०८१, आईतवार

एक क्विन्टल सुन काण्डमा भन्सारका ३ कर्मचारी र ३ एजेन्ट समातिए

arrest gold

गत मंगलबार त्रिभुवन विमानस्थाल भन्सार कार्यालयबाट बरामद भएको झण्डै एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ।

यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

यस घटनामा उनीहरुको के-कस्तो संलग्नता रहेको भन्नेबारे विभागले खुलाएको छैन । अनुसन्धान विभागका अनुसार योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

 पक्राउ परेकाहरुलाई विभागको हिरासतमा राखिएको छ ।

    सम्बन्धित समाचार...