४ जेष्ठ २०८१, शुक्रबार

कांग्रेस शत्रु देखाएर गठबन्धन तोड्ने षड्यन्त्र भयो : माधवकुमार नेपाल

madhav nepal
फाइल फोटो

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘कम्युनिस्टहरूको शत्रु कांग्रेस हो’ भन्ने भ्रम पारेर वर्तमान सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार ‘समाजवाद : बहस र संघर्ष’ कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमालेलाई लक्षित गदै कम्युनिस्ट भनिएका पनि प्रतिगामीसँग हातेमालो गरिरहेका षड्यन्त्रबारे सजग हुनुपर्ने बताए ।

एमालेको यस कदमको विश्लेषण गर्दै सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा अध्यक्ष नेपालको जोड छ ।

साथै उनले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए ।

    सम्बन्धित समाचार...