२५ बैशाख २०८१, मंगलवार

दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भ बाढीले बगायो

sima
फाइल फोटो

गौरीगञ्ज गाउँपालिका–२ स्थित दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ। निरन्तर वर्षासँगै कमल खोलामा आएको बाढीले दसगजा रहेको १४०/१५ नंको सीमा स्तम्भ बगाएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको हो। हाल त्यस स्तम्भको खोजी कार्य भइरहेको उनले बताए।

असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थान डुबानमा परेका छन् भने सयौं परिवार विस्थापित भएका छन्।

जिल्लाको बाह्रदशी–२ स्थित अदुवा खोलाको बहाव बढ्दा सुकुम्वासी वस्तीका ४५ घरपरिवार विस्थापित भएका छन्।

त्यस्तै गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थित चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किएका छन्।

    सम्बन्धित समाचार...