६ जेष्ठ २०८१, आईतवार

एमालेलाई माओवादीको जवाफ : के निउ पाऊँ, कनिका बुकाऊँ

uml maoist

नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएकोप्रति सो पार्टीले आपत्ति जनाएको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन् ।’

‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति भत्र्सना गरेको उल्लेख छ ।

राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा आह्वान समेत गरेका छन् ।
उनले सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र नभएर भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहेको प्रष्ट्याएका छन् ।

    सम्बन्धित समाचार...