६ जेष्ठ २०८१, आईतवार

‘हेर्न नमिल्ने’मा ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट

Supreme Court 43KnAVGEAY

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको निवेदन आज पनि सुनुवाइ नहुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको उक्त रिट आज हेर्न नमिल्नेमा परेको हो ।

आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दावीसहित मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाह अदालत गएका थिए ।

ललिता निवासको जग्गा खरिदक्रिीमा न्यायाधीश कुमार रेग्मी जोखिएकाले यो मुद्दा उनले हेर्न मिल्दैन । यसअघि मीनबहादुर गुरुङ र भाटभटेनी सुपरमार्केटको कानुनी सल्लाहकार रहेकाले सुनुवाइ गर्न नमिल्ने भएको हो ।

आफूहरुलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको रिटमा गत शुक्रबार सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो ।

अदालतले उनीहरुलाई पक्राउ गर्नुको कारण र प्रमाणसमेत चौबीस घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई भनेको थियो ।

यसअघि ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ९ जनालाई संगठित अपराधमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

    सम्बन्धित समाचार...