
विहान सबेरै उठेर सकिनसकी हिँड्दै कहिले मैतीदेवी मन्दिरको पेटीमा, कहिले नक्साल भगवती मन्दिरको पेटीमा त कहिले पशुपति मन्दिर परिसरमा पुग्छन् । कुनै दिन खुशी मुहार लिएर घर फर्कन्छन् त कुनै दिन निराश भई फर्कन्छन् ।
धनुषा घर भई काठमाण्डौ तिलगंगामा बसोबास गर्दै अएका रामभगत पासवानको विगत २५/२६ बर्ष देखिको दैनिकी यसरी नै चल्दै आईरहेको छ । मन्दिर दर्शनका लागि आएका भक्तजनहरु बाट प्राप्त रकमबाट उनले आफ्नो अशक्त श्रीमती र २ छोराछोरीलाई लालनपालन गर्दै आईरहेका छन् ।

उनको दुबै हात खुट्टा र नाक काटिएको छ,उनले मागेर खाने बाहेकको अरु कुनै विकल्प नै छैन ।
यसरी नै मागेर र ऋणधन गरी जेठी छोरीको विहे गरे तर बाँकी २ छोराछोरीको भविष्यको उनलाई ठुलो चिन्ता छ ।
आज भन्दा करिव ३० बर्ष पहिले अत्यन्तै दुर्लभ रोगको शिकार भई उनले आफ्नो शरिरको अंगहरु गुमाउनु परेको हो । ३० बर्षदेखि शरिरका अंगहरुमा संक्रमण भई दिनहुँ जस्तो शरिरबाट अगंहरु छुट्टिएर गएको उनको पिडा अत्यन्तै कष्टकर छ । उनलाई यति ठुलो पिडा छ,त्यही माथि विगत ५ बर्ष देखि श्रीमती ढाड भाचिएर थला परेकी छिन् ।
स्वर्ग नर्क देख्नलाई त मर्नु नै नपर्ने रहेछ, धनीलाई यही ठाउँ स्वर्ग छ, हामी जस्तो गरिवलाई यही ठाउँ नर्क छ, यसो भनीरहँदा उनका आखाँहरु छचल्किएको प्रष्ट देखिन्छ ।
उनको विस्तिृत कहानी परिच्छेद सेन नामक युट्युब च्यानलबाट नदुखुन मनहरु कार्यक्रम मार्फत प्रसारण भएको छ ।
नोट: नदुखुन मनहरु कार्यक्रमले यस्तै कर्मठ, ईमानदार, मेहनती ब्यक्तिहरु जो दुस्खमा छन्, जसको अँखामा आशु छल्किएको छ, उनीहरू को आखाको आशु पुछी उनीहरुको मुहारमा क्षणिक भए पनि खुशी दिने कार्य गर्दै आएको छ । नदुखुन मनहरु कार्यक्रम हरेक हप्ताको सनिवार र मंगलबार परिच्छेद सेन नामक युटयुब च्यानल र नेपाल घटना मार्फत प्रसारण हुँदै आईरहेको छ ।
सधैं खुशी रहनुहोस्, सक्नु हुन्छ अरुलाई खुशी बढनुहोस्, सक्नु हुन्न कसैको खुशी नछिन्नुहोस ।