२६ बैशाख २०८१, बुधबार

फ्रान्सको अपराजित यात्रा कायमै

france

युरोकप छनोटमा फ्रान्सले अपराजित यात्रा कायमै राखेको छ । केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सले ग्रिसलाई १ – ० गोलले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

समूह ‘बी’ अन्तगर्त स्टेड डि फ्रान्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकियो । ५५ औँ मिनेटमा फ्रान्सले पेनाल्टीको मौका पायो ।

कोन्सटान्टीनोस माभ्रोपानोसले एन्टोइन ग्रिजमनलाई पेनाल्टी एरियामा फल गरेपछि फ्रान्सले अग्रता बनाउने मौका पाएको थियो । जसमा एम्बाप्पेले गरेको पहिलो प्रहार गोलरक्षकले रोकेका थिए । त्यतिबेला ग्रिसका डिफेन्डर पेनाल्टी प्रहार गर्नु अघि बक्स भित्र प्रवेश गरेकाले घरेलु टोली टोलीले दोस्रो मौका पाएको थियो । जसमा एम्बाप्पले सहजै फिनिसिङ गरेका हुन् ।

माभ्रो पानोसले त्यसपछि पनि रान्डल कोलो मुआनीलाई फल गरेपछि रातो कार्ड पाएर मैदान बाहिरिए । बाँकी समय ग्रिस खेलमा फर्कन सकेन ।

योसँगै फ्रान्स क्लिन सिट राख्दै शतप्रतिशत जित दर्ता गर्न सफल भएको छ । शीर्ष स्थानको फ्रान्सको चार खेलबाट १२ अंक छ । एक खेल कम खेलेको ग्रिसको ६ अंक छ ।

यस्तै सोही समूहमा भएको खेलमा नर्थन आएरल्यान्डले जिब्राल्टलाई ३ – ० गोलले हराउँदै अंकको खाता खोलेको छ ।

    सम्बन्धित समाचार...