२१ बैशाख २०८१, शुक्रबार

एक वर्षमा तीन अर्थमन्त्री, बजेटको लक्ष्य अधुरै

finance ministry.

चालु आर्थिक वर्षको बजेट ल्याउनदेखि कार्यान्वयनको जिम्वेवारीमा तीन जना अर्थमन्त्रीले भूमिका निर्वाह गरे पनि बजेटले राखेको अधिकांश लक्ष्य अधुरै रहेका छन् ।

यो आर्थिक वर्षमा जनार्दन शर्मा, विष्णु पौडेल र प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । यी तिनै जना अर्थमन्त्रीले बजेटलाई आ आफ्नै किसीमले चलाएर नयाँ लक्ष्य निर्धारण गरेका थिए ।

तर, बजेटले राखेको अन्तिम संशोधित लक्ष्य पनि फेला पर्ने देखिएको छैन् । चालु वर्ष सकिन एक महिनामात्र बाँकी हुँदासम्मको बजेट प्रगति हेर्दा कुनै पनि लक्ष्य पुरा नहुने देखिएको हो ।

एक आर्थिक वर्षमा १२ महिनामध्ये आधा जिम्वेवारी शर्मा एक्लैले पाएका थिए भने आधा समय पौडेल र महतको भागमा परेको थियो ।

पूर्व अर्थमन्त्री शर्माले यो वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । यसमध्ये विनीयोजनतर्फ पुँजीगतमा ३ खर्ब ८० अर्ब र चालु खर्च ११ खर्ब ३ अर्ब हुने अनुमान गरिएको थियो । आजको कारोबार दैनिकबाट

    सम्बन्धित समाचार...