१७ बैशाख २०८१, सोमबार

पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता

kathmandu flood 2077 23

अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता भएका छन्। गएराति हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित छ जना बेपत्ता भएको फिदम प्रहरीले जनाएको छ। वेपत्ताहरुको खोजीकार्य जारी छ ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवाखोलाको पुल बगाई मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार...