३ जेष्ठ २०८१, बिहीबार

डोटीकी एक महिलाको भारतमा बलात्कारपछि हत्या

354513768 647148650626818 2586179228055112883 n1687018176

भारतमा डोटीकी एक महिलाको बलात्कारपछि हत्या गरिएको छ। जिल्लाको शिखर नगरपालिका सुर्काल घर भइ हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो।

उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेका थिए।

तीन छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको आफन्तले बताएका छन्। भारतीय प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन्। उनको शव बुझेर अन्तिम संस्कार गरिसकिएको छ।

    सम्बन्धित समाचार...