३ जेष्ठ २०८१, बिहीबार

भारतीय प्रधानमन्त्रीको सीमा चासोले उत्साहित छौं : प्रधानमन्त्री दाहाल

pm1685800519

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा सीमा विवाद समाधानमा समकक्षी नरेन्द्र मोदीको चासोले उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले भ्रमण फलदायी भएको बताए । सीमा विवादको बारेमा भारतीय प्रधानमन्त्रीले बढी चासो दिएको बताउँदै दाहालले भने, ‘प्रधानमन्त्री स्वमंले पनि प्रेसमिटको अवसरमा यो भ्रमणले निर्माण गरेको सौहार्दपूर्ण वातावरणको मर्म सीमा लगायत थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावाना स्पष्ट ढंगले व्यक्त गर्नुभएको छ ।’

धेरै समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको सकारात्मक चासोबाट आफूहरुले उत्साहित भएको दाहालको भनाइ छ ।

    सम्बन्धित समाचार...