१७ बैशाख २०८१, सोमबार

शेरबहादुर देउवालाई पुग्यो सभापतिको रहर

pm deuba
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफू सभापतिको दावेदार नभएको बताएका छन् ।

आज (शनिबार) कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दैै अब कांग्रेसको नेतृत्व युवामा आउने बताएका हुन् ।

पार्टीका महामन्त्री गगनकुमार थापातर्फ लक्षित गर्दै उनले गाली गरेरमात्रै पार्टीमा सुधार नहुने बताए । आफूले पार्टीलाई सबैभन्दा ठूलो बनाएको बताउँदै देउवाले यसलाई जोगाउन हातमा हात मिलाएर बस्ती बस्ती र जनस्तरमा जान पनि आग्रह गरे ।

‘ठूलो पार्टी बनाइहाले । नेविसंघले सबै ठाउँमा जितेको छ । मैले त सहयोग गर्ने हो अब । म पार्टी सभापति हुनेवाला हैन अब । विरोध गरेर पार्टी बलियो हुने होइन,’– उनले भने ।

देउवाले अर्को पटक सभापतिमा नउठ्ने बताए पनि पार्टीको विधानले नै दुई पटकभन्दा सभापति बन्न नपाउने व्यवस्था गरेको छ । देउवाले अहिले दोस्रो पटक पार्टी सभापतिको नेतृत्व सम्हालिरहेका छन् ।

    सम्बन्धित समाचार...