१६ बैशाख २०८१, आईतवार

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान सकियो, आईतबारदेखि थुनछेक वहस

bhutsani

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको अदालती बयान सकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनाको काठमाडौं जिल्ला अदालत आज बयान सकिएको हो ।

आज पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएको हो । महर्जन हिजो आफैं अदालतमा उपस्थित भएका थिए । पक्राउ परेका सबैको बयान सकिनै लाग्दा अदालतले शरणार्थी मुद्दामा मुख्य योजनाकार भनिएका केशव दुलालसँग दोस्रोपटक पनि थप बयान लिएको छ । दुलालको यसअघि गत साता नै बयान भइसकेको थियो । तर उनीसँग सम्पर्कमा देखिएकाहरुले दिएको बयानपछि थप बुझ्नुपर्ने भन्दै न्यायाधीशले दुलालसँग दोस्रोपटक बयान लिएका हुन् ।

उनीसँगै जोडिएका पूर्वगृहमन्त्री खाणको पनि आज अबेर मात्रै बयान पूरा भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सकिएसँगै अब आइतबारबाट थुनछेकको बहस सुरु हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर जेठ १० गते मुद्धा दायर गरेको थियो । राज्यविरुद्ध, ठगी, संगठित र किर्तेसहित पाँच कसुरमा मुद्दा चलाइएका अधिकांशले अदालतमा इन्कारी बयान दिएका छन् ।

तर पक्राउ परेका अधिकांशको बैंक खातामा रकम कारोबार देखिएकाले पर्याप्त प्रमाण जुटिसकेको दाबी सरकारी वकिलको छ । यो प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहित १२ जना अझै फरार छन् ।

    सम्बन्धित समाचार...