१ जेष्ठ २०८१, मंगलवार

नेपालमा १० वर्षको अवधिमा १७ जातजाति थपिए !

nijamati karmacharya

 नेपालमा १० वर्षको अवधिमा १७ जातजाति थपिएका छन् । त्यसैगरी, मातृभाषाको संख्या थपिएर १ सय २३ बाट १ सय २४ पुगेको छ । १२ वटा विदेशी भाषा बोल्नेहरुको संख्या घटेर ‘अन्य’ मा झरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको २०७८ सालको जनगणनाको तथ्यांक अनुसार जातजाति र मातृभाषाको संख्या बढेको हो ।

कार्यालयका अनुसार नेपालमा कुल जात जातिको संख्या १४२ कायम भएको छ । अघिल्लो जनगणना २०६८ मा कुल जातजातिको संख्या १२५ थियो ।

जाति भाषा र धर्म सम्बन्धमा विभिन्न संघ संगठनले बुझाएको ज्ञापनपत्र र ध्यानाकर्षणलाई समेत विचार गरेर जनगणनाको तथ्यांक सार्वजनिक गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक गत चैत १० गते नै सार्वजनिक भए पनि जाति भाषा तथा धर्म सम्बन्धी तथ्यांक भने दुई महिनापछि आज सार्वजनिक गरिएको हो ।

विज्ञप्ति :1685720984

    सम्बन्धित समाचार...