२० बैशाख २०८१, बिहीबार

आज पहाडमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

weather aajko mausam

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशीलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहनेछ महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, बागमती र कोशीका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मधेश प्रदेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव छ ।

सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, बागमती र कोशीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार...