११ बैशाख २०८१, मंगलवार

नारायणगढ–मुग्लिन सडक पहिरो दुई तर्फी खुल्यो, तीन दिनमा पन्छियो

narayangarh mugling road

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा बुधबार बिहान ४:१५ बजे खसेको पहिरो पन्छाउन तीन दिन लागेको छ । पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन्।

पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो। दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो। पहिरो खसेपछि अवरुद्ध भएकाे नारायणगढ–मुग्लिन सडकखण्ड पहिलो चरणमा १८ घन्टापछि बुधबार राति १० बजे पन्छाएर सडक नियमित गरिएको थियो ।

त्यसपछी दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो। सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिए।