१९ बैशाख २०८१, बुधबार

आज करिब ६ घण्टा लामो सुर्य ग्रहण्, नेपालबाट करिब साढे ३ घण्टा खण्डग्रास देखिने

solar eclipse path

आज असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । सुर्य ग्रहण को समय करिब ६ घन्टा हुनेछ भने नेपालमा जम्मा ३ घण्टा ३१ मिनेट सम्म अवलोकन गर्न सकिने छ ।

सूर्य ग्रहण काठमाडौंबाट १०ः५४ बजे प्रारम्भ हुने छ भने मध्यान्न १२ बजेर ३८ मिनेटमा र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ ।

हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।

यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिनेछ ।

ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसकारण उक्त दिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुन सक्नेछ ।

भोलिको साढे ३ घण्टा लामो खण्डग्रास, राशी अनुसार के फल प्राप्ती हुनेछ ?

कुन प्रदेशमा कति प्रतिशत सम्म सुर्य ढाकिन्छ ?

  • प्रदेश १: ८३.८०%
  • प्रदेश २: ८२.८७%
  • बाग्मती प्रदेश : ८५.७४%
  • गण्डकी प्रदेश : ८९%
  • प्रदेश ५ : ८८.९४%
  • कर्णाली प्रदेश : ९३.२१%
  • सुदुर पश्चिम प्रदेश : ९४.०४%

आफु बसेको ठाउँमा कति प्रतिशत सुर्य ढाकिएको छ भनेर जान्न यो लिंकमा जानुहोस