४ बैशाख २०८१, मंगलवार

रुपन्देहीमा ६ वर्षिय छोरा गाड्ने बाबु प्रहरी नियन्त्रणमा

son buried alive

रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको आरोप अनुसार तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको जनाएका छन ।

स्थानीयले प्रहरीलाई खबर गरेपछी प्रहरीले खाडल खनेर बालकलाई निकालेको थियो। बालकलाई खाडलबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

परियारले बिरामी भई अचेत भएको छोरालाई अटोरिक्सामा राखी लगेर गाडेको स्थानीयले बताएका छन् भने आरोपित राजुले भने छोराको मृत्यु भएर नै आफुले गाडेको बयान दिएको बताइएको छ ।

आफ्नै छोरालाई ज्यूँदै लगेर खाडलमा गाडेको भन्दै बुटवलका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ।

बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले ‘ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुन्छ’ भने । उनले भने, ‘आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान पनि थालेको छ ।’