३० बैशाख २०८१, आईतवार

प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश हुँदै

mahat

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

सरकारले भोलि (जेठ १५) गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्नुअघि सरकारले चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन गरिए, कति थाँती छन्, लागू गर्ने क्रममा कस्ता चुनौती देखिए भन्ने कुराको समीक्षा तथा बजेटअघि अर्थतन्त्रको अवस्थाबारे आर्थिक सर्वेक्षणमार्फत जानकारी गराउने गरेको छ ।

संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेस गर्नेछन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमै व्यवस्था गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम शनिबार राति अबेरसम्म चलेको प्रतिनिधिसभा बैठकले पारित गरेसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुलेको हो ।

    सम्बन्धित समाचार...