१६ बैशाख २०८१, आईतवार

बायर्न म्युनिख लगातार ११ औँ पटक च्याम्पियन

bra

जर्मन लिग बुन्डेश लिगामा बायर्न म्युनिख लगातार ११ औँ पटक च्याम्पियन बनेको छ।

गएराति शीर्ष स्थानको बोरुसिया डर्टमन्ड मेन्जसँग बराबरीमा रोकिँदा बायर्न लिगको अन्तिम दिन कोलोनलाई २ – १ गोलले हराउँदै ३३ औँ पटक जर्मनको च्याम्पियन बनेको हो ।

कोलोनको घरेलु मैदानमा भएको खेलको ८ औँ मिनेटमै किंग्सले कोमनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिनु अघि लेरोय सानेले गोल गरे पनि पछि भिडियो रिभ्युमा उनको ह्यान्ड बल भएको देखिएपछि गोलले मान्यता पाएन ।

डेजान लुभिचले खेलको ८० औँ मिनेटमा पेनाल्टीमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । त्यसको ९ मिनेटपछि सानेले कोलोनका गोलरक्षकलाई बिट गर्न सकेनन् । सोही बलमा जमाल मुसियालाले उत्कृष्ट गोल गर्दै टिमको जित सुनिश्चित बनाएका हुन् ।

खेल अवधिभर सालिहामडिच लगायतका बायर्नका मालिकहरुले डर्टमण्डको नतिजासमेत हेरिरहेका थिए । बायर्नले आफूले जितेर मात्रै नहुने र डर्टमण्डले पराजय अथवा अंक गुमाउनु पर्ने अवस्था भएकाले निकै रोमाञ्चक बनेको माहोलमा अन्तत बायर्नले बाजी मार्‍यो ।

थोमस टुखेल बायर्न आएको पहिलो वर्षमै प्रशिक्षकका रुपमा उपाधि जित्न सफल भए । ३४ औँ खेलमा बायर्नले ७१ अंक बनाउँदै लिग जित्न सफल भएको हो । समान अंक जोडेको डर्टमण्ड भने गोल अन्तरले पछि पर्‍यो ।

लाइपजिकले तेस्रो र युनियन बर्लिन चौथो स्थानमा रहँदै आगामी सिजनको युएफा च्याम्पिन्यस लिगमा स्थान पक्का गरे । हर्था बर्लिन र साल्के दोस्रो श्रेणीमा घटुवा भएका छन् । स्टटगर्ट रेलिगेसनको प्ले अफमा परेको छ ।

    सम्बन्धित समाचार...