१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री दाहालले स्पष्टीकरण दिएपछि एमालेको संसद् अवरोध हट्यो

prachanda 3

प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई मुछ्नु गलत भएको स्विकार गरेपछि संसद्को अवरोध हटेको छ ।

प्रधानमन्त्री दाहालले उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परि छानबिन भइरहेकोले त्यहीँबाट छानबिन गर्ने र सरकारले सहयोग गर्ने स्पष्ट पारे ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुवातमा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई बोल्न समय दिएका थिए ।

प्रधानमन्त्री दाहालले लिखित सम्बोधन गर्दै भनेका छन्–‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ।’ यद्धपी दाहालले सो विषयमा आफूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा विस्तृतमा राख्ने बताएका छन् ।

बैठकमा प्रधानमन्त्री दाहालले जलहरीको विषयमा प्रमुख प्रतिपक्ष दलका नेतालाई जोड्न उचित नभएको बताए र यस्ता अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने प्रचलन रहेको स्मरण गराए ।

त्यसलगतै सभामुखले जलहरी विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

parliament meeting 2
parliament meeting 3
parliament meeting 4
parliament meeting 5
parliament meeting 6
parliament meeting 7