२३ बैशाख २०८१, आईतवार

जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो !

lekhanath dahal

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत जेठ १० गतेको संसद बैठकमा दिएको अभिव्यक्ति संघीय संसदको अभिलेखबाट हटाइएको छ ।

‘मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा माननीय सदस्य लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारहरुभित्र स्वास्थ्य सामाग्रीको २ अरबको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु,’ सभामुख घिमिरेले भने।

गत बुधबारको बैठकमा सांसद दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउने कार्यमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले सुन भनेर पित्तलको जलहरी राखेर भ्रष्टचार गरेको आरोप लगाएका थिए।

सांसद दाहालको उक्त अभिव्यक्तिलाई लिएर एमालेले शुक्रबारको संसद् बैठक अवरोध गरेको थियो ।

एमालेले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले दलका सचेतक र शीर्षनेतासँग छलफल गरेका थिए । शीर्ष नेतासँगको छलफलमा सांसद दाहालको अभिव्यक्ति हटाउने र उक्त घटनाका सम्बन्धमा ओलीको कुनै संलग्नता नरहेको सदनमा जानकारी गराउने सहमति भएको थियो ।

    सम्बन्धित समाचार...