२२ बैशाख २०८१, शनिबार

सर्वोच्चद्वारा ढाकाकुमारकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

dhaka16810270001681029636

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । तर श्रेष्ठले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

समानुपातिक सांसद पदबाट निलम्बन गर्ने पार्टी निर्णयविरुद्ध सर्वोच्चमा पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश जारी नभएपछि उनको स्थानमा पठाइएकी विन्दवासिनी कंसाकारलाई सांसद पदमा शपथ गर्न बाटो खुलेको छ ।

आयोगले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको प्रमाणपत्र कंशाकारलाई दिइसकेको छ । उनी निर्वाचित भएको पत्र निर्वाचन आयोगबाट संसद् सचिवालयमा समेत पुगिसकेको छ ।

    सम्बन्धित समाचार...