१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिँदै

jsp matri

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवको राष्ट्रपति निवास, शीतल निवासमा शपथ ग्रहण हुन लागेको हो । बिहान १० बजे शपथ ग्रहण कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम महतो र यादवलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरु दुवै जना जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी भएका हुन् ।

गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले गठबन्धनमा आबद्ध दलबीच भागबन्डा नमिल्दा किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै ११ औँ पटकमा भने पूर्णता दिएका हुन् । दाहाल प्रधानमन्त्री भएको पाँच महिना पूरा हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यससँगै दाहाल नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । स‌ंविधानले मन्त्रिपरिषद् बढीमा २५ सदस्यीयमात्रै हुने पाउने व्यवस्था गरेको छ ।

    सम्बन्धित समाचार...