१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले पेस्तोल पड्काएर म्याराथनको उद्घाटन गरे

kantipur Marathon

प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गरेका छन् । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथनको उद्घाटन गरेका हुन् ।

लेट्स गो ग्रिन टुगेदर’ नारासहित कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करण आज भएको हो । हाफ म्याराथन, कलेज रन, कर्पोरेट रन र ह्विलचियर रन गरी चार विधामा प्रतियोगिता भएको हो ।

म्याराथनमा चार हजार ७ सय बढी सहभागी हुने आयोजक कान्तिपुर पब्लिकेशले जनाएको छ । हाफ म्याराथन थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुनेछ।

हाफ म्याराथनको दूरी २१.१, कलेज रनको ७, कर्पोरेट रनको ५ र ह्विलचियर रनको ३ किलोमिटर रहेको छ आयोजकले बताएको छ ।

सिटी म्याराथनको अवधारणामा राखिएको कान्तिपुर हाफ म्याराथनमा कलेज रन पहिलो पटक राखिएको हो ।

यस प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले वार्षिक क्यालेन्डरमा राख्दै आएको छ ।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

शारीरिक रूपमा फरक क्षमताका लागि हुने ह्लिवलचियर रनतर्फ विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउनेछन् ।

कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् । कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स हस्पिटलका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

गत वर्ष पुरुषमा एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा पुलिस क्लबकी राजपुरा पछाईंले उपाधि जितेका थिए ।

kantipur Marathon iTqUZg7Mb5

    सम्बन्धित समाचार...