१६ बैशाख २०८१, आईतवार

नक्कली शरणार्थी प्रकरण : प्रहरीले आइतबार अनुसन्धान टुंग्याउने

top indra teknaryan niraj

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधसहित चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा हिजो नै प्रतिवेदन बुझाउने भनिए पनि पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान नसकिएपछि प्रहरीले भोलि मात्रै प्रतिवेदन पेस गर्न लागेको बताएको छ । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको बयान सकिन बाँकी छ ।

यसअघि पक्राउ परेका अरुको बयान भने यसअघि नै सकिसकेको छ । यस प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्री र बहालवाला एक सचिवसहित १६ आरोपितहरुविरुद्ध राष्ट्रहित प्रतिकूल गरेको, ठगी, कीर्ते र संगठित अपराधको अभियोगमा मुद्दा दायर गर्ने प्रहरीको तयारी रहेको छ । प्रहरीले संगठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेकोमा यो धन्दा राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष आएको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने यो प्रकरण राष्ट्रहित प्रतिकूल भएकाले राज्यविरुद्धको अपराधको कसुर आकर्षित हुने गरी मुद्दा चलाउने भएको छ । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र नीरज राई भने फरारनै छन् । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ५१ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने काम भएमा यसललाई राष्ट्रहित प्रतिकूल हुने उल्लेख गरिएको छ ।

प्रतिकूल काम गरेको अभियोग पुष्टि भएमा ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँ जरिबाना वा त्यो अपराध गर्दा रकमको लेनदेन भएमा त्यो समेत जफत हुने व्यवस्था रहेको छ । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र नीरज राई भने फरारनै छन् ।

    सम्बन्धित समाचार...