२० बैशाख २०८१, बिहीबार

लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो, लडाकु शिविर प्रकरणमा माओवादीले खुलेआम लुट र डकैती मच्चाएको छ : शंकर पोखरेल

shankar pokhrel
फाइल फोटो

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लडाकु शिविर प्रकरणमा माओवादीले राज्यमाथि खुलेआम लुट र डकैती गरेको आरोप लगाएका छन्।

शुक्रबार समाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२–३३हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित रहेकाले ७–८ हजार वास्तविक लडाकु मध्ये केहीलाई शिविरमा राखेर अरु वाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन भनिरहेको भन्दै पोखरेलले खुलेआम भएकाले त्यसलाई लुट र डकैती भन्नुपर्ने टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्,
लडाकु शिविर प्रकरणमा ७/८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२/३३हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ।

वास्तविक लडाकु ७/८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरुवाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट वाहिरिएका धेरैले वोल्ने गर्दछन् ।

शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो। अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्।

यी सवै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन ।
तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन ।

हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र रु
तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहदै आएका छन् । सत्य यही हो ।

    सम्बन्धित समाचार...