७ बैशाख २०८१, शुक्रबार

आरोही गायक लामालाई सम्मान

344600015 6293801103999628 3259532938060818626 n

कीर्तिपुरको सःसःत्वाः रेष्टुरेन्टले सगरमाथा आरोही गायक राजु लामालाई गत बुधबार सम्मान गरेको छ ।

गायक लामाले सगरमाथा आरोहण एक वर्ष पुगेको अवसर पारेर उनलाई सम्मान गरिएको हो । गायक लामाले आरोहणका क्रममा सगरमाथामा गीत पनि गाएका थिए ।

सांगीतिक व्याण्ड मंगोलियन हर्टका प्रमुख गायक लामासहित उनको व्याण्ड सदस्यलाई रेष्टुरेन्टका सञ्चालक फिरोज सिंहले सम्मान गरेका थिए ।

सम्मान ग्रहण गरेपछि गायक लामाले कीर्तिपुरको सुन्दर लोकेसनमा रहेको रेष्टुरेन्टले आफ्नो समूहलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे ।

सञ्चालक फिरोजले ग्राहकको रोजाईमा रहेको रेष्टुरेन्टमा प्रख्यात व्याण्डका गायक तथा उनको टिमलाई स्वागत र सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

    सम्बन्धित समाचार...