१६ बैशाख २०८१, आईतवार

बार्सिलोनाको समर्थकबीच ला लिगा उपाधि जितेको खुशियाली

barca

स्पेनिस क्लब बार्सिलोनाले समर्थकबीच ला लिगा उपाधि जितेको खुशियाली मनाएको छ । क्याटालान सहरमा बार्साको महिला र पुरुष दुवै टिमले परेड गरेका थिए ।

टिमसंगै च्याम्पियन भएको खुशियाली साट्न सडकमा हजारौँ समर्थक उपस्थित भएका थिए । हिजो बार्साले स्पानियोललाई पराजित गर्दै २७ औँ ला लिगा उपाधि जितेको थियो । ओपन टप बसमा रहेका याङकी डि जोङ, फ्राङक सिकी, रोनल्ड उराहोसहितका खेलाडीले समर्थकलाई चियर अप गरे । जाभीको टिम चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई पछि पार्दै चार खेल अगावै विजेता बनेको हो ।

सन् २०१८–२०१९ पछि पहिलो पटक लिग जितेको बार्साले ३४ खेलमा ८५ अंक जोड्यो । कप्तान सर्जियो बुस्केटको पनि बार्सा बसाइँ सफल बनेको छ । सिजनको अन्त्यसंगै क्लब छोड्न लागेका उनको कप्तानीको रुपमा यो पहिलो उपाधि हो ।

च्याम्पियन्स लिगको समूह चरणबाटै र युरोप लिगमा पनि अघि बढ्न नसकेको बार्सालाई ला लिगा उपाधिले ठूलो राहत दिएको छ । यस्तै महिला टिमले ला लिगा जितेको यो आठौँ पटक हो । Barcacelibration2 1684199715Barcacelibration 1684199715

    सम्बन्धित समाचार...