१५ बैशाख २०८१, शनिबार

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी च्याम्पियन बन्न मात्रै एक जित टाढा

city

इंग्लिस प्रिमियर लिगमा ब्राइटनसंग आसर्नल स्तब्ध बनेपछि साविक विजेता म्यानचेस्टर सिटी च्याम्पियन बन्न मात्रै एक जित टाढा छ ।

आर्सनल घरेलु मैदान इमिरेट्समा ब्राइटनसँग ३ – ० गोलले पराजित भयो । यो पराजयपछि आर्सनल शीर्ष स्थानको सिटीभन्दा ४ अंकले पछि परेको हो । आर्सनलका लागि मार्टिन ओडेगार्ड तथा बुकायो शाकाले गरेको प्रहार बिफल भयो । लियान्द्रो टोसार्डले गरेका प्रहार पनि बारमा लागेर फर्कियो ।

५१ औँ मिनेटमा जुलियो इम्फिसोले गोल गर्दै ब्राइटनको खाता खोले । ८६ औँ मिनेटमा डेनिज उन्डावले उत्कृष्ट गोल गरेपछि ब्राइटन २ – ० ले अघि बढ्यो । त्यसको १० मिनेटपछि पेर्भिस इस्तु पिन्यानले गोल गरेपछि आर्सनलको उपाधि सम्भावना सकिएको हो । लगभग सिजन भरी नै शीर्ष स्थानमा रहेपनि मिकेल आर्टेटाको टोलीले अन्तिम समयमा लय गुमाएको हो ।

सुरुवाती १८ खेल सकिँदा आर्सनल सिटीभन्दा ८ अंकले अघि रहेको थियो । तर सिटीले पछिल्लो समय पुनरागमन गरेपछि आर्सनलले २००३/४ को सिजनपछि उपाधि उचाल्ने सुनौलो मौका गुमाएको हो ।

यता सिटीले गडिसन पार्कमा एर्भटनलाई ३ – ० गोलले हराउँदै उपाधि नजिक पुगेको छ। सिटीका लागि इल्काइ गुन्डोअनले २ गोल गरे । स्टार अर्लिङ हालान्डले एक गोल गरेपछि सिटी ६ सिजनमा पाचौँ उपाधि नजिक पुगेको हो । । म्यानचेस्टर सिटीले अब आगामी आइतबार चेल्सीलाई हराए अथवा आर्सनल नटिङ्‌घम फरेस्टसँग पराजित भए उपाधि उचाल्ने छ । सिटीको ३५ खेलबाट ८५ अंक छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३६ खेलबाट ८१ अंक छ ।

    सम्बन्धित समाचार...