२० बैशाख २०८१, बिहीबार

फरार टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

Top Bahadur Rayamajhi

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट आइतबार साँझ पक्राउ परेका छन् ।

रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले सांसद रायमाझीविरुद्ध वैशाख २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । एक कार्यक्रममा सहभागी हुन सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँची पुगेका सांसद रायमाझी वैशाख २० गते साँझ हवाइजहाजमार्फत काठमाडौं आउन लागेका थिए । पक्राउ पर्ने सम्भावना बढेपछि अन्तिम समयमा टिकट रद्द गरेर उनी फरार भएका थिए । सोही दिन रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका रायमाझीलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरिसकेको छ । यस प्रकरणलाई एमालेले ‘राज्यविरुद्को अपराध’ भएको ठहर गरेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई म्याद थपका लागि आजै काठमाडौँ जिल्ला अदालत लगिएको थियो ।

    सम्बन्धित समाचार...