२५ बैशाख २०८१, मंगलवार

नेपाल प्रहरीबाट फुत्केका टोपबहादुर पुन: भारतीय प्रहरीबाट पक्राउ परेपछि भारतमै फरार ?

Top Bahadur Rayamajhi

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्तकालीन गृहमन्त्री रामबहादुर थापा संगको पुरानो दोस्तीयारीको नाजायज फाइदा उठाएर मानव तस्करीमा संलग्न रहेका टोपबहादुर रायमाझी भारतीय प्रहरीले पक्राउ गरेपछि पनि फुत्किन सफल भएका छन् ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेलगत्तै नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि गृहजिल्ला अर्घाखांचीबाट भैरहवा आउनेक्रममा पक्राउ परेर पनि प्रहरीलाई चक्मा दिएर भागेका थिए ।

रायमाझी भागेर भारतको उत्तर प्रदेश अन्तगर्तको गोरखपुर आसपासमा बससेको नेपाल प्रहरीले भारतीय प्रहरीलाई सूचना दिएपछि भारती प्रहरीले उनलाई शुक्रबार अपरान्ह पक्राउ गरेको थियो ।

रायमाझी प्रकाउ गरेर नेपाललाई बुझाउने सहमति अनुसार रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो।

भारतको उत्तर प्रदेशबाट पक्राउ परेका रायमाझीलाई भारतले भैरहवामा ल्याएर नेपाललाई बुझाउने तय भएको थियो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो। तर भारतीय प्रहरीले रायमाझीलाई शुक्रबारको सट्टा शनिबार विहान बुझाउने भनेपनि अहिलेसम्म नबुझाएको बुझिएको छ ।

प्रहरी स्रोतका अनुसार रायमाझी पक्राउ परेपछि फेरि भाग्न सफल भएको भन्ने भारतीय प्रहरीले नेपाली प्रहरी अधिकारीलाई बताएर निराश पारेको बुझिएको छ । किन टोपवहादुरलाई भारतीय प्रहरीले भगायो भन्नेमा नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग व्रिफिंग गरेको बुझिएको छ ।

पक्राउ परिसकेको भारतीय सुरक्षा धिकारीले निश्चित गरिसकेपछि पनि रायमाझी भागेको भन्नुले झन रहस्यमय भएको छ ।

अहिले रायमाझी भाग्न सफल भएको भनिए पनि उनी चाँडै पक्राउ पर्ने प्रहरीको उच्च स्रोतले दावी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षाविज्ञ डा.इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

टोपबहादुर रायमाझी, रामबहादुर थापाका छोरा प्रतिक थापा र इन्द्रजित राईका छोरा पक्राउ परेपछि नक्कली शरणार्थीको सक्कली कथा सार्वजनिक हुने प्रहरीको विश्वास छ ।

    सम्बन्धित समाचार...