२५ बैशाख २०८१, मंगलवार

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी

Manchester United vs Liverpool Football Match Report July

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पुनरागमन गरेको छ । लगातार खराब प्रदर्शनपछि युनाइटेड गएराति उल्भसलाई २ – ० गोलले हराएको हो ।

ओल्डट्राफोर्डमा भएको खेलको ३२ औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अघि राखे । इन्जुरी समयमा अलेहान्द्रो गारनाचोले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित बनाएका हुन् । उल्भसले भने एउटा पनि सट अन टार्गेट राख्न असफल भयो ।

एरिक टेन ह्यागको टोलीले यस अघि ब्राइटन र वेस्ट ह्यामसँग पराजय व्यहोरेपछि लिभरपुललाई समेत फाइदा पुगेको थियो । चौथो युनाइटेडको ३५ खेलबाट ६६ अंक छ । एक स्थान तल रहेको लिभरपुलको ६२ अंक छ ।

यस्तै स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा नटिङ्घम फरेस्टसँग घरेलु टोली चेल्सी २ – २ गोलको बराबरीमा रोकिएको छ । १३ औँ मिनेटमा टाइवो अवानीले गोल गर्दै पाहुना टोली नटिङ्घमको खाता खोले । ५१ औँ मिनेटमा रहिम स्टर्लिङले खेललाई बराबरीमा ल्याए । ५८ औँ मिनेटमा उनकै गोलमा चेल्सी २ – १ गोलले अघि बढ्यो । त्यसको ४ मिनेटपछि उच्च फर्ममा रहेका अवानीले गोल गर्दै रेलिगेसन ब्याटलमा रहेको नटिङ्घमलाई महत्वपूर्ण एक अंक दिलाएका हुन् ।

प्रिमियर लिग मान्यता जोगाउन अब २ फाइनल खेल बाँकी रहेको नाइजेरियन अवानीले बताए । नटिङ्घम रेलिगेसन जोनभन्दा दुई स्थान मात्रैमाथि छ । यस्तै अर्को खेलमा टोटेनहम भने एस्टोन भिल्लासँग २ – १ गोलले हारेको छ । अर्को खेलमा लिड्स र न्युक्यासल २ – २ गोलको बराबरीमा रोकिँदा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २ – ० ले हरायो ।

    सम्बन्धित समाचार...