१५ बैशाख २०८१, शनिबार

प्रहरीले गरिरहेको कारवाहीको जस लिएर नारायणकाजी हिरो बन्न खोजेको ओलीको आरोप

UMLCentralCommeeti

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनका नाममा केही मन्त्री हिरो हुन खोजेको भन्दै उनले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठप्रति असन्तुष्टि पोखे । प्रहरीले गरिरहेको अनुसन्धानको जश आफूले लिएर केही मन्त्री हिरो बन्न खोजेको ओलीको व्याख्या छ ।

२०७४ देखि एकमना सरकारको सवैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ओली नक्कली शरणार्थीका बारेमा कुनै कारवाही गरेका थिएनन् । तर उनले २०१२ देखि नै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गरिएको दावी गरेर के भन्न खोजेका हुन् प्रष्ट गरेनन् ।सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको दावी गरेका छन् ।

बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले अहिलेसम्म तीन सय भन्दा बढी नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको बताए।

‘भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया मैले नै अघि बढाएको हो। भुटानले फिर्ता लान नमानेपछि उनीहरुलाई प्लास्टिकको पालमुनि बिजोग अवस्थामा राख्न सकिँदैन थियो’, उनले भने, ‘मैले नै अमेरिकासँग कुरा अगाडि बढाएर अहिले अधिकांश शरणार्थी पुनर्वासमा गएर राम्रो जीवनयापन गरिरहेका छन्।’

उनले यो प्रकरण सन् २०१२ देखि सुरु भएको बताउँदै अहिलेसम्म ३ सयदेखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको पनि दाबी गरे।

‘अहिलेसम्म तीन सयदेखि चार सय नेपाली नक्कली भुटानी बनेर अमेरिका छिरिसकेका छन्’, उनले भने, ‘यसबारेको विस्तृत विवरण म आगामी जेठ ४ गतेको संसद् बैठकमा सार्वजनिक गर्छु।’

उनले नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीलाई मात्रै दोषी देखाउन खोजिएपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसमा संलग्न सबैलाई तान्न दबाब दिएको पनि बताए।

‘यसमा हाम्रा सचिव टोपबहादुरजी र उहाँका छोराको नाम मात्रै लिइयो, दोषी उहाँहरु नै जस्तो गरेर हल्लाखल्ला गरियो’, उनले भने, ‘तर मैले प्रधानमन्त्रीलाई भेटेर यसमा बृहत् छानबिन गर्न भनेँ, त्यहीकारण अहिले अरु पनि छानबिनको दायरमा आइरहेका छन्।’

    सम्बन्धित समाचार...