२० बैशाख २०८१, बिहीबार

झापामा पहिचानवादी प्रदर्शनकारी र प्रहरीबीच झडप, १० जना प्रहरीसहित २२ जना घाइते

damak jhadap

कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् ।

प्रहरी र प्रर्दशनकारीबीच करिब डेढ घण्टा भएको झडपमा १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ ।

आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । गोली चलेजस्तो आवाज सुनेपछि दमक बजार क्षेत्र साँझमा नै बन्द भएको थियो ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा दुइजना आन्दोलनकारी गम्भिर घाइते भएका छन् । गोलीको छर्रा लागेर घाइते भएका दुबैजनाको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ । एक जनाको खुट्टामा र अर्को जनाको हातमा चोट रहेको छ ।

यसै गरी घाइते प्रहरीहरूको सरकारी दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतका स्थानीय अस्पतालहरूमा उपचार भएको छ । घटनापछि दमकको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    सम्बन्धित समाचार...