२३ बैशाख २०८१, आईतवार

यस्तो रहनेछ आजको मौसम

weather aajko mausam

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम आज सफा रहनेछ ।

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक तथा हल्का वर्षा हुनेछ । लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना छ ।

भोलि (बिहीबार) गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक तथा हल्का वर्षा हुनेछ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर मौसम सामान्यत: सफा रहने छ।

शुक्रबार कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित समाचार...