१७ बैशाख २०८१, सोमबार

बेलायती राजाले पहिरिए राजमुकुट

king charles

बेलायतका राजा चार्ल्स तृतीयले आफू सेवा लिन नभई देशको सेवा गर्न आएको बताएका छन् ।

आज बेलायतको ऐतिहासिक शाही गिर्जाघर वेस्टमिस्टर एबेमा राज्याभिषेक गर्न लागेका चार्ल्स तृतीयले यस्तो बताएका हुन् । उनले भने, ‘सेवा लिन होइन, सेवा गर्न आएको हुँ ।’

राज्याभिषेक समारोहमा सहभागी हुनका लागि विश्वभरबाट विशिष्ट अतिथिहरू वेस्टमिस्टर एबेमा भेला भएका छन् । यतिबेला राज्याभिषेक समारोह सुरु भएको छ । विशेष समारोहका बीच राजा चार्ल्सको राज्याभिषेक हुँदैछ ।

बेलायतमा यस किसिमको राज्याभिषेक ७० वर्षपछि हुन लागेको हो । लण्डनको मुख्य शहरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ भने केही राजतन्त्रविरोधी नेताहरुलाई पक्राउ गरिएको छ । राज्याभिषेकमा संसारभरका एक सय भन्दा बढी मुलुकका राष्ट्र प्रमुख सहभागी छन् । नेपालका परराष्ट्रमन्त्री नारायण प्रसाद साउद पनि कार्यक्रममा भएका छन् ।

समारोह हेर्न ठूलो संख्यामा मानिसहरुको भीड लागेको छ । राजा चार्ल्स तृतीय र महारानी केमिलाको राज्याभिषेक दुई घण्टा जति लामो हुने छ । यस समारोहमा २३ सय विशेष अतिथि प्रत्यक्ष सहभागी हुनेछन् ।

टेलिभिजनमा पनि करोडौँ दर्शकले कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्नेछन् । आफ्नो संस्मरण प्रकाशित भएयता पहिलो पटक युवराज ह्यारी र प्रिन्स अफ वेल्स युवराज विलियम सार्वजनिक समारोह सँगै देखिनेछन् ।

सन् १९५३ मा भएको महारानी एलिजावेथको राज्याभिषेकमा ८ हजार अतिथि सहभागी भएका थिए ।

    सम्बन्धित समाचार...