१ जेष्ठ २०८१, मंगलवार

शेखर समूहभित्रै विवाद चुलियो मन्त्री चयनको विषय

shekhar koirala gagan thapa
फाइल फोटो

मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला समूहमा फाटो देखिएको छ ।

समूहमा छलफल नै नगरी नेता कोइरालाले आफू निकट धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई मन्त्री बनाउन सभापति शेरबहादुर देउवालाई सहमति दिएपछि यो समूहमा फाटो देखिएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीले समूहबाट मन्त्री सिफारिसबारे कोइरालाले सल्लाह नै नगरेको बताउँदै आएका छन् । दुई महामन्त्रीसहित कोइराला समूहकै अधिकांश नेता गुरुङ र लिम्बूसँगै बद्रि पाण्डे, जीवन परियार र प्रदीप पौडेलमध्येबाट थप एक जनालाई मन्त्री बनाउनुपर्ने अडानमा थिए ।

कोइराला समूहले कम्तीमा ३ जना मन्त्री पाउनु पर्ने माग गर्दै सभापति देउवालाई नाम सिफारिस गरेको थिएन । तर अन्तिम समयमा कोइरालाकै सहमतिमा देउवाले गुरुङ र लिम्बूलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिफारिस गरेका थिए ।

नेता कोइराला भने यति बेला सिंगापुरमा छन् ।

    सम्बन्धित समाचार...