३१ बैशाख २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग – पुन: शीर्ष स्थानमा म्यानचेस्टर सिटी, जारी सिजनमा हालान्डको ५० गोल पूरा

city

अर्लिङ हालान्डले ५० गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई २ – १ गोलले हराएको छ । यो जितपछि सिटी इंग्लिस प्रिमियर लिगमा पुन: शीर्ष स्थानमा फर्किएको छ।

क्राभेन कटेजमा भएको खेलको तेस्रो मिनेटमै हालान्डले पेनाल्टीमा गोल गरेका हुन् । युलियन अल्भारेजलाई टिम रिमले फल गरेपछि पाएको पनोल्टीमा उनले सिटीबाट आफ्नो पहिलो सिजनमै ५० गोलको कीर्तिमान पूरा गरे । इंग्लिस शीर्ष क्लबका खेलाडीका रुपमा उनी हाफ सेन्चुरी बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् १९३१ मा एस्टोन भिल्लाका टम वरिङले यो कीर्तिमान राखेका थिए ।

नर्वेका स्टार हालान्डले इंग्लिस प्रिमियर लिगमा पनि आफ्नो ३४ औँ गोल पूरा गरेका छन् । १५ औँ मिनेटमा कार्लोस भिनिसियसको शक्तिशाली प्रहार उत्कृष्ट गोलमा परिणत भएपछि खेल बराबरीमा आएको थियो । फुलह्यामको सोही बल नै पहिलो सटअन टार्गेट रहेको थियो । ज्याक ग्रिलियसले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।

३६ औँ मिनेटमा युलियन अल्भारेजले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टिमलाई जिताएका हुन् । यो जितपछि सिटी पुन: शीर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलबाट ७६ अंक छ । ३३ खेलबाट ७५ अंक बनाएको आर्सनल दोस्रो स्थानमा झरेको छ । तालिकाको शीर्ष स्थानमा उक्लेको सिटी च्याम्प्यिन्स लिग र एफ कपको उपाधिसमेत जित्ने संघारमा छ ।

गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लालाई १ – ० गोलले हरायो । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा बुरनो फर्नान्डेसले ३९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बर्नमाउथले लिड्सलाई ४ – १ गोलले हरायो भने न्युक्यासले साउथह्याम्पटनलाई ३ – १ गोलले पराजित गर्‍यो । टटेनहममाथि लिभरपुल ४ – ३ गोलले विजयी भयो ।

    सम्बन्धित समाचार...