६ जेष्ठ २०८१, आईतवार

फरार सांसद कोइरीको बिरामी बिदा अस्वीकृत

Lakshmi Koiri

नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ । शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो ।

सांसद कोइरीले केही दिनअघि आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएका थिए । त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा सांसद कोइरीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए ।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।

रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो । दोस्रो बैठकमा सभामुख घिमिरेले सांसद लक्ष्मी कोइरीको बिरामी बिदा अस्वीकृत भएको सन्देश सुनाएका थिए।

    सम्बन्धित समाचार...