६ जेष्ठ २०८१, आईतवार

संवैधानिक परिषद्सम्बन्धी विधेयकका प्रावधानमा एमालेको असहमति, संसदीय समिति गठन रोकियो

nepal parliament building

प्रतिनिधिसभामा प्रस्तुत संवैधानिक परिषद्सम्बन्धी विधेयकको प्रावधानमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले असहमति जनाएपछि संसदीय समिति गठनको काम पनि प्रभावित भएको छ ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा एमालेले संवैधानिक परिषद्को प्रावधानमा असहमति जनाएपछि समिति गठन भोलि (बिहीबार) सम्मका लागि रोकिएको हो । संसद्‌मा प्रस्तुत विधेयकको दफा १० मा परिषद्को अध्यक्ष र ५० प्रतिशत सदस्यको उपस्थिति भए निर्णय गर्न सकिने व्यवस्था छ ।

तर एमालेले भने यो प्रावधानमा असहमति जनाएको छ । एमालेले परिषद्को बहुमत सदस्यले निर्णय गर्ने प्रावधान राख्नु्पर्ने अडान राखेको छ । प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ ।

    सम्बन्धित समाचार...