२२ बैशाख २०८१, शनिबार

पुराना दललाई चुनौती

three party

४ मंसिरमा भएको आमनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित भए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि १० वैशाखमा सोही क्षेत्रमा उपनिर्वाचन भयो ।

जारी मतगणनाको मतपरिणामअनुसार तनहुँ १ कांग्रेसले स्थान गुमाइसकेको छ । चितवन २ मा रास्वपाकै अध्यक्षसमेत रहेका रवि लामिछानेले अग्रता लिएका छन् भने बारा २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादव र जनमत पार्टी (जसपा)का उम्मेदवार शिवचन्द्र कुशवाहाबीचमा कडा प्रतिस्पर्धा छ । यादव र कुशवाहा थोरै मतले अगाडि पछाडि छन् ।

जसपा अध्यक्ष यादवलाई बारा २ मा सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को समर्थन छ । जनमतका उम्मेदवार कुशवाहालाई कुनै दलको समर्थन नभए पनि एक्लै यादवलाई कडा टक्कर दिएका छन् ।

चितवन २ मा पनि रास्वपाका उम्मेदवार लामिछाने एक्लै सत्तारूढ दलका उम्मेदवारलाई टक्कर दिएका छन् । कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठलाई सत्तारूढ दलहरूको समर्थन छ । तनहुँ १ मा पनि रास्वपा उम्मेदवार वाग्ले एकलै भिडेका हुन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई सत्तारूढ दलहरूको समर्थन थियो ।

भर्खरै गठन भएको नयाँ दलले पुराना दलका उम्मेदवारलाई धेरै पछाडि छोडेर अग्रता लिइरहेका छन् । गाउँगाउँमा कमिटी भएका कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता पार्टीका उम्मेदवार संगठन नै नभएका नयाँ पार्टीका उम्मेदवार अगाडि नराम्रोसँग पराजित हुने संकेत देखिँदै छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपाजस्ता दलले गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुँदासमेत नयाँ दलका अगाडि टिक्न सक्ने अवस्था छैन । यो घटनाले मतदाताले पुराना दललाई पत्याउन छोडेर नयाँ दल रोज्न थालेको स्पष्ट देखिएको आजको राजधानी दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...