२० बैशाख २०८१, बिहीबार

यस्तो रहनेछ आजको मौसम

weather aajko mausam

देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा सिमसिम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्यत: बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ । महाशाखाका अनुसार तराईका थोरै स्थानमा हावा-हुरीको सम्भावना छ ।

सोमबार राति भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यत: बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाद्वारा जारी नियमित बुलेटिनमा उल्लेख छ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ । अपराह्‌नपछि तराईका थोरै स्थानमा हावा-हुरीको सम्भावना रहेकाले मेघगर्जन/चट्याङ, हावा-हुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

    सम्बन्धित समाचार...