७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी सरकार ढल्ने निश्चितः मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

lila giri

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
गत पुष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका गिरी नेकपा (माओवादी केन्द्र) सहितका दलले सहकार्य तोडेपछि अल्पमतमा परेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार उनले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । विश्वासकाृे मत लिने प्रयोजनका लागि आज विहान ११ बजे प्रदेश सभाको बैठक बस्दैछ ।

गिरी नेतृत्वको प्रदेश सरकारलाई माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी एकीकृत समाजवादी । लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन थियो । यी छ दलहरुले एक महिना अघिनै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित छ । कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, राप्रपाका ४ सांसद मुख्यमन्त्री गिरीको पक्षमा देखिएका छन् । गिरी नेतृत्वको प्रदेश सरकार जोगाउनका लागि कम्तिमा ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

त्यसैले गिरीले विश्वासको मत पाउने सम्भावना छैन। एमालेका २९ र राप्रपाका ४ गरी गिरीका पक्षमा ३३ सांसद मात्र हुनेछन्।

    सम्बन्धित समाचार...