२२ बैशाख २०८१, शनिबार

एसी मिलान १६ वर्षपछि युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

Milan 1

इटालियन च्याम्पियन एसी मिलान सिरी ए प्रतिद्वन्द्वी नापोलीलाई समग्रमा २ – १ गोलले हराउँदै युएफा च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ ।

एसी मिलान १६ वर्षपछि युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एसी मिलानले आफ्नो मैदानमा भएको पहिलो लेगमा १ – ० गोलको अग्रता बनाएको थियो । दोस्रो लेगमा मिलानले नापोलीलाई १ – १ गोलको बराबरीमा रोक्यो । खेलको सुरुवातमा पाएको पेनाल्टीमा ओलिभिया जिरुडले पेनाल्टीमा गोल गर्ने मौका गुमाए ।

४३ औँ मिनेटमा उनकै गोलमार्फत मिलानले अग्रता बनायो । करिब ७० यार्डबाट रफायल लियोले दिएको उत्कृष्ट पासमा फ्रेन्च भेट्रान जिरुडले बक्सबाट ट्याप इन गरी गोल गरे । ३६ वर्षीय जिरुड यो गोलसँगै च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने चौथो पाका खेलाडी बनेका छन् ।

त्यसपछि फिकायो तोमोरीले बक्स ह्यान्डबल गर्न पुगेपछि नापोलीले पेनाल्टीको मौका पाएको थियो । जसमा माइक मेगनानले गरेको प्रहार मिलानका खिचा क्वारस खेलियाले बचाएका थिए । तर इन्जुरी समयमा नापोलीका लागि भिक्टर ओसिमहानले गोल गर्न सफल भए । उनले हेडरमार्फत गरेको उत्कृष्ट गोल जितका लागि पर्याप्त भएन ।

    सम्बन्धित समाचार...