२० बैशाख २०८१, बिहीबार

रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

real madrid

स्पेनिस च्याम्पियन रियाल मड्रिड युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियालले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४ – ० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएका हो ।

पहिलो लेगमा २ – ० गोलले अघि रहेको रियालले गएराति स्ट्याम्फर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई २ गोलले नै हराएको हो । फ्रान्क लाम्पार्डको टोली चेल्सीले पहिलो हाफमा गोल फर्काउने मौकाहरु गुमाएको थियो ।

एन्गोलो कान्टेले पहिलो हाफमा गोल गर्ने सुनौलो मौका गुमाए । मार्क कुकुरेयाले गरेको प्रहार रियालका गोलरक्षक थिबाउट कोट्वाले रोके । दोस्रो हाफमा रियाल सशक्त रुपमा प्रस्तुत भएको थियो । खेलको ५८ औँ मिनेटमा भिनिसियस जुनियरले काउन्टर अट्याकमा बढाउँदै लगेको बलमा रोड्रिगोले पोस्ट नजिकैबाट गोल गरे ।

निर्धारित समय सकिन १० मिनेट मात्रै बाँकी हुँदा ब्राजिलियन स्ट्राइकरकै व्यक्तिगत दोस्रो गोलमा रियालले अग्रता दोब्बर बनायो । फेडेरिको भाल्भर्डेले दिएको पासमा उनले सहज फिनिसिङ दिएका हुन् ।

प्रतियोगितामा प्रशिक्षकका रुपमा पाँचौँ उपाधि उचाल्ने लक्ष्यमा रहेका कार्लो एन्सेलोटीले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी अथवा बायर्न म्युनिखको सामने गर्नेछन् । यता पुन: चेल्सी फर्किए यता लाम्पार्डले सुधारिएको नतिजा दिन सकिरहेका छैनन् । उनको नेतृत्वमा चेल्सीले खेलेका चार खेलमा चार पराजय व्यहोरको छ ।

    सम्बन्धित समाचार...