२१ बैशाख २०८१, शुक्रबार

ढुक्क यादव, निसाना लगाउँदै राउत

upendra ck 1
फाइल फोटो

विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’ लालले अझ प्रस्ट्याउँदै भनेका थिए, ‘देशभित्र मजबुत भएपछि अन्तर्राष्ट्रिय शक्तिसँग समान दुरी बनाएर अगाडि बढ्न सकिन्छ भन्ने यादवको अनुमान कायम राख्न नेपालको राजनीतिमा कठिन छ।’

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी–२ मा जसपा अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग पराजित भएपछि लालले यस्तो टिप्पणी गरेका थिए। लालको टिप्पणीले यादवको राजनीतिक संघर्ष, अडान र निष्ठालाई दर्साउँछ। विदेशी शक्तिसँग समान दुरी कायम राख्ने अडानका कारण यादव आफ्नै पार्टी र बाहिरबाट निरन्तर निसानामा पर्दै आएका छन्।

अहिले यादव प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार छन्। यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलबाहेकले यादवलाई निसाना बनाइरहेको पाइन्छ। राउत नेतृत्वको जनमत पार्टीको चुनावी अजेन्डा नै ‘यादव हराऔं’ बनेको छ।

जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार भए पनि उनलाई मत माग्न अध्यक्ष राउत सक्रिय छन्। उनले आफ्नो पार्टीको अजेन्डाभन्दा यादवबारे नकारात्मक भ्रम फैलाएर कुशवाहाका पक्षमा मत मागिरहेको बसबरियाका राकेश यादवले बताए। जनमतका उम्मेदवार कुशवाहा पनि आफ्नो अजेन्डा जनतासमक्ष प्रस्तुत गर्नुभन्दा यादवबारे भ्रम फैलाउन व्यस्त रहेको गन्जभवानीपुरकी बबिता साह बताउँछिन्।

उनी भन्छिन्, ‘उपेन्द्र यादव सबै जाति, समुदायलाई साथ लिएर हिँड्ने नेता हो। उहाँ अरूजस्तो उत्तेजना फैलाउने, जातपात छुट्याउने नेता होइन, उहाँले आफ्नो अजेन्डासहित जनतासँग मत मागिरहनुभएको छ। अन्य उम्मेदवार उहाँको विरोध गरेर आफूलाई मत माग्दै छन्।’

विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’

यादव पनि आफू जनताको अजेन्डा लिएर चुनावी मैदानमा उत्रेको बताउँदै आएको आजको नागरिक दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...